कोरोनाभाइरसबाट विश्वभर ३ करोड ४५ लाख सङ्क्रमित, १० लाख २८ हजारको मृत्यु
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार ५५१ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ४५ लाख ३६ हजार ४७ पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ५७ लाख ४ हजार निको भएका छन् भने करिब ७८ लाख ३ हजार २९१ मानिस सक्रिय सङ्क्रमित छन् ।
विश्वभर अझै पनि ६६ हजार ९२ मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७४ लाख ९७ हजार नाघिसकेको छ । कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १२ हजार ६९४ को मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, ‘म र प्रथम महिला दुबै कोभिड–१९ बाट संक्रमित भएका छौं । हामी दुबै क्वारेन्टिनमा छौं ।’
विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६३ लाख ९७ हजार ८९६ सङ्क्रमित भएका छन् भने यहाँ ९९ हजार ८३३ को ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ४८ लाख ९७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४४ हजार ७७६ को मृत्यु भएको छ ।
खोप विकास गरिसकेको घोषणा गरेको रसियामा ११ लाख ९४ सङ्क्रमित रहेका छन् भने २० हजार ८९१ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ३ हजार ३५२ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा एमाले उम्मेदवार बोहोरा सवार गाडी तोडफोड
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना