नारायणी डेभलपमेन्ट बैंक एजीएमः १ः१ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १८औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बैंकका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बसेको सभाले बैंकको आ.ब. २०७५/७६को बार्षिक वित्तीय विवरण, नाफा नोक्सान हिसाव पारित गर्नुको साथै एक बरावर एक (१ः१) हकप्रद शेयर जारी गर्न पनि प्रस्ताव पारित गरेको छ । यस हकप्रद निश्कासन पश्चात बैंकको चुक्ता पूँजी रु.१३ करोड १२ लाख पुग्नेछ ।
बैंकले यस साधारण सभामार्फत गाभ्ने गाभिने तथा प्राप्ति समाहित हुने, रणनीतिक साझेदार नयाँ लगानीकर्ता भित्रयाउने सम्बन्धमा प्रस्ताव पारित गरी त्यसको जिम्मेवारी संचालक समितिलाई दिएको छ ।
चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १ बकुलहरमा केन्द्रिय कार्यालय रहेको नारायणी डेभलपमेन्ट बैंकको हाल केन्द्रिय कार्यालय सहित तीन वटा शाखा रहेका छन ।
हालसालै मात्र नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सूचीबाट हटाएको यस बैंकले निकट भविष्यमानै रु. ५० करोड चुक्ता पँजी पुर्याउने योजना सहित कार्य गरिरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण