युपी सरकारलाई अब सत्तामा बस्ने अधिकार छैनः सिताराम यचुरी
एजेन्सी । भाकपा (मार्क्सवादी) का महासचिव सिताराम यचुरीले उत्तर प्रदेश सरकारलाई अब सत्तामा बस्ने नैतिक अधिकार नभएको चेतावनी दिएका छन् । शुक्रबार दिल्लीको जन्तरमन्तरमा आयोजित उत्तर प्रदेशका हाथरस सामूहिक बलात्कार–हत्याकाण्डका पीडित परिवारको न्यायका पक्षमा गरिएको प्रदर्शनपछि बोल्दै नेता यचुरीले सो चेतावनी दिएका हुन् ।
उनले हाथरस काण्डका पीडित परिवारले न्याय पाउनुपर्नेमा जोड दिए । शुक्रबार जन्तरमन्तरमा आयोजित सो प्रदर्शनमा सीपीआईका नेता डी.राजा लगायत अन्य थुपै्र राजनीतिक नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो विरोध प्रदर्शनमा ठूलो संख्यामा मानिसहरुले भाग लिएका थिए ।
सेप्टेम्बर १४ मा उत्तरप्रदेशको हाथरसमा एक १९ वर्षीय किशोरीमाथि ४ जनाले सामूहिक बलात्कारपछि भौतिक आक्रमण गरेका थिए । युवतीको सेप्टेम्बर २८ मा उपचारकै क्रममा दिल्लीमा मृत्यु भएको थियो । सो घटनाका पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै त्यसयता भारतमा विरोध प्रदर्शन भैरहेका छन् ।
बिहिबार भारतीय कांग्रेसका नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी पनि पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीसँग झडप भएको थियो । विभिन्न राजनीतिक दलहरुले युपी सरकारले यो घटनालाई बेवास्ता गरेको आरोप लगाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
-
कीर्तिपुरमा गुमेको साख फिर्ता ल्याउनुपर्ने दबाबमा एमाले उम्मेदवार (भिडियोसहित)