प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, गाडी तोडफोड

बुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको छ । प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन समेत भएको छ ।
शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेविसंघ रुपन्देहीले विभिन्न स्थानमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो । उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।
बुटवलको अस्पताल लाइन र सैनामैना लगायतका ठाउँमा विरोध प्रदर्शन भएका छन् । आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी समेत तोडफोड गरेका छन् ।
त्यस्तै लु १ झ ४४९ नम्बरको अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदेशसभा भवन अगाडि कालिकापथमा अर्को एउटा गाडीमा समेत तोडफोड भएको जनाइएको छ । आन्दोलनकारीले बुटवलको मिलनचोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा तत्कालीन प्रधानमन्त्री भएका बेला उनले बुटवललाई अस्थायी राजधानी तोकिएको भन्दै काँग्रेसले त्यहाँबाट अन्यत्र सार्न नपाइने भन्दै विरोध गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
-
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा
-
बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा