प्रदेश ५ को राजधानी सार्ने निर्णयविरूद्ध नेविसंघको विरोध प्रदर्शन, गाडी तोडफोड
बुटवल । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेश ५ को राजधानी दाङ बनाउने सत्तारुढ नेकपाको प्रस्तावप्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको छ । प्रदेशको राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावको विरोधमा रुपन्देहीमा प्रदर्शन समेत भएको छ ।
शुक्रबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेविसंघ रुपन्देहीले विभिन्न स्थानमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो । उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।
बुटवलको अस्पताल लाइन र सैनामैना लगायतका ठाउँमा विरोध प्रदर्शन भएका छन् । आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी समेत तोडफोड गरेका छन् ।
त्यस्तै लु १ झ ४४९ नम्बरको अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदेशसभा भवन अगाडि कालिकापथमा अर्को एउटा गाडीमा समेत तोडफोड भएको जनाइएको छ । आन्दोलनकारीले बुटवलको मिलनचोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा तत्कालीन प्रधानमन्त्री भएका बेला उनले बुटवललाई अस्थायी राजधानी तोकिएको भन्दै काँग्रेसले त्यहाँबाट अन्यत्र सार्न नपाइने भन्दै विरोध गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण