नागरिक जोगाउनु सरकारको पहिलो दायित्व: पूर्वमन्त्री बाँस्कोटा

काभ्रे । पूर्वमन्त्री नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताउनुभएको बताएका छन् । उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् ।
“महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि ?” बाँस्कोटाले प्रश्न गरे ।
बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनाप्रतिधि आवश्यक नपर्ने बताउँदै विकास नयाँनयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताए । “अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य–सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य–सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ”, उनले दोहोर्याए ।
बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढिरहेको बताए । उनले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गरे । “सरकारका आलोचकलाई हाल सञ्चालन भइरहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले गतिलो जवाफ दिइरहेको छ”, उनले भने । सो अवसरमा उनले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई सदस्यता प्रदान गरे ।
कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, नेकपाका नेता बालकृष्ण कर्माचार्यलगायतले कोरोना महामारीले हाल विकासलाई केहीपछि परेकोमा दुःख व्यक्त गर्दै पार्टी सुदृढीकरण र एकतालाई सार्थकता दिन महाधिवेशनअगावै स्थानीय कमिटीसम्म नेतृत्व दिलाउन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू, तस्बिरहरू
-
१७ देशका ४९ चलचित्रसहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
स्थानीय पाठ्यक्रममा मातृभाषा समावेश नहुँदा चिन्ता
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
-
सडक सुरक्षाका लागि नीतिगत व्यवस्था गर्ने नेपालको प्रतिबद्धता