डा.केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन माग
शुक्रबार, १६ असोज २०७७, १७ : १८

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाका लागि सार्थक पहलकदमी लिन सरकारसमक्ष माग गरेको छ । इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा व्यक्तिको जीवन रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएको स्मरण गराउँदै सार्थक वार्ताका लागि माग गरिएको छ ।
“डा.गोविन्द केसी १९ औँ अनशन बस्नुभएको १८ दिन पूरा भएको छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन र विभिन्न भ्रष्टाचार काण्डको छानविन गर्नुपर्नेलगायतका छबुँदे माग राखी अनशनरत डा. केसीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति इन्सेक चिन्ता जाहेर गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
-
माओवादी अभियान : यस्ता छन् मोरङमा तय भएका कार्यक्रम
-
लेखक चूडामणि गौतमको निधन
-
ह्याकरहरूले भेट्टाए टू फ्याक्टर अथेन्टिकेशन छल्ने तरिका
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा