२७ औँ जन्मदिनमा बालबालिकालाई सहयोग गरिन् परमिताले

काठमाडौं । अभिनेत्री परमिता राज्यलक्ष्मी राणा २७ बर्ष पुगेकी छन् । शुक्रबारबाट उनी २७ वर्ष लागेकी हुन् । शुक्रबार सामाजिक सञ्जालमा एक सामाजिक कामको बारेमा जानकारी दिँदै उनले आफु २७ लागेको समेत बताएकी छन् ।
‘चपली हाइट २’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी राणाको २०५० साल असोज १६ गते ललितपुरमा जन्म भएको हो । उनलाई विभिन्न माध्यमबाट जन्मदिनको शुभकामना प्राप्त भइरहेको छ ।
फिल्म अभिनयमा बोल्ड भूमिकामा समेत देखिदै आएकी राणाले जन्मदिनको खुसी बालबालिकाहरुसँग साटेकी छन् । उनले पखोला गाउँको श्रीकाली देवी माध्यामिक विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र जाडोका लागि न्यानो कपडा बाड्दै जन्मदिनको खुसी समेत साटेकी हुन् ।
बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै अबको प्रत्येक वर्ष यसरी नै बालबालिकासँग जन्मदिनको खुसी साट्ने उनले बताएकी छन् ।
‘मैले पछिल्ला केही महिनाहरूमा भौतिकवादी चिजहरूले दिने खुशी क्षणिक रहेछन् भन्ने कुरा महसुस गरेँ । र, आखिरमा हाम्रो जीवनमा यसले केही महत्त्व नै राख्दैन । मरेर लानु केही छैन, सकेसम्म अरुलाई सहयोग गर्नुपर्छ । सेवा नै सबैभन्दा ठूलो धर्म हो,’ सामाजिक सञ्जालमा उनले अगाडि लेखेकी छन्, ‘म मेरो जीवनको उद्देश्य भेटाउदै छु र त्यस तर्फ लम्कदै छु ।’
‘चपली हाइट २’पछि ‘चङ्गा चेट’, ‘रोज’ र ‘दि कर्मा’ अभिनय गरेकी राणालाई फिल्मले भने सोचेजस्तो सफलता दिन सकेको छैन ।
गतवर्ष सवारी दुर्घटनाको घटना लुकाएको कारण सामाजिक सञ्जालमा आलोचना समेत सामना गरेकी राणाले उक्त घटनाको कारण माफी समेत मागेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु