बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वामदेवविरुद्धको मुद्दामा सुनुवाई सुरु

शुक्रबार, १६ असोज २०७७, १२ : ५७
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने र उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् ।

अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् । बहस नलम्बिए उक्त मुद्दाको फैसला आजै हुने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।  यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए । सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भइ पराजित गौतमलाई उही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने रिट निवेदकहरुको जिकिर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप