
मोडल वाच : ब्युटिफुल प्रनिमा (फोटो)

काठमाडौं । पछिल्लो समय मोडलिङमा भविष्य खोज्दै कलाक्षेत्र रोज्ने युवायुवतीको भिड लागेको छ । ती मध्यकी एक हुन् प्रनिमा दाहाल ।
सौन्दर्य प्रतियोगिता हुँदै कलाक्षेत्रमा प्रवेश गरेकी दाहालको पाइला अहिले मोडलिङबाट फिल्मसम्म पुगेको छ । करिव एक बर्ष अगाडि ‘माइ लव’ बोलको गीतको म्युजिक भिडियोबाट मोडलिङ सुरु गरेकी उनले अहिलेसम्म आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी छन् ।
साधना कलाकेन्द्रबाट नृत्य प्रशिक्षणसहित कलाक्षेत्रमा होमिएकी दाहाल नृत्यमा पनि सिपालु छिन् । हालै छायाँकन सकिएको फिल्म ‘लक्ष्य जिन्दगीको’ उनको डेब्यु फिल्म हो । पहिलो फिल्ममा नै अभिनेत्रीको भूमिका अभिनय गर्न पाउदा उनी एकदमै खुसी छन् ।
सानैदेखि सफल कलाकर र भिजे बन्ने सपना पालेकी सिन्धुली रामटारकी दाहाल उमेरले भर्खर १८ टेकेकी छन् ।
आधुनिक पहिरन रुचाउने उनी आफूलाई जुनै पहिरनमा पनि सुहाउने उनी बताउँछिन् । कलाकारितामा नाम, दाम र देशको नाम विदेशसम्म पुर्याउने उनले लक्ष्य लिएकी छन् ।
तस्विर : सुनिल राजभण्डारी

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ