सिरहाका ११५ वर्षीय वृद्ध सम्मानित
शुक्रबार, १६ असोज २०७७, १० : ४२
मुक्ति नेपाल सिरहाले ११५ वर्षीय ज्येष्ठ नागरिकलाई एक कार्यक्रमका बीच पौष्टिक आहार प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरको छ ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा बिहीबार सिरहा आयोजित कार्यक्रममा सिरहा नगरपालिका १२ निवासी ११५ वर्षीय बौवालाल सिंह र ७० वर्षीय लक्ष्मण दासलाई संस्थाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले पौष्टिक आहारसहित दुवै जनालाई दोसल्ला ओढाएर सम्मान गरे । उनले दिवसमा मात्र नभई हरेक व्यक्तिले आ–आफ्ना घरका ज्येष्ठ नागरिकलाई सधैँ सम्मान गर्नुपर्ने बताए ।
संस्थाकी अध्यक्ष देवकुमारी महराको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रम निर्देशक श्यामकुमारी साह, नेपाली काँग्रेसका जीवछ गुप्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष वीरेन्द्र सिंहलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ६ महिनाको पुँजीगत खर्च २० प्रतिशत
-
कुवामा डुबेर वृद्धाको मृत्यु
-
देवघाट महामहोत्सव : देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथा वाचन
-
निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल सम्मानित
-
सुनको मूल्य फेरि बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
व्यवसायी लामामाथि आक्रमण गर्ने थप दुई जना भारतबाट पक्राउ