शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीको नयाँ विमान एयर इन्डिया वन, के छ विशेषता ?

शुक्रबार, १६ असोज २०७७, १० : २८
शुक्रबार, १६ असोज २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द र अन्य भिभिआइपीका लागि विशेष अर्डरमा अमेरिकामा दुई एयर इन्डिया वन (बोइंग ७७७) विमान तयार गरिएको छ । यी दुबै विमानमध्ये एउटा बिहिबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्ट पुग्यो ।

यो खबरलाई नवभारत टाइम्सले आफ्नो पहिलो पानामा प्रकाशित गरेको छ ।

पत्रिकाका अनुसार यो विमान एयर इन्डियाको कमर्शियल क्षेत्र अन्तर्गतको हो र यसलाई अमेरिकाको राष्ट्रपतिको विशेष विमान एयरफोर्स वन जस्तै मिसाइल हमलाबाट बचाउनेजस्ता सुरक्षाका विशेषताले सुसज्जित गर्नका लागि बोइंगमा पठाइएको थियो ।

पत्रिकाका अनुसार यी दुबै विमानलाई अपग्रेड गर्नका लागि ८,४०० करोड खर्च आएको छ । यी दुबै विमान मिसाइल डिफेन्स सिस्टमबाट सुसज्जित छ । यो प्रविधिलाई अमेरिकाबाट १,३८९ करोडमा खरिद गरिएको छ ।

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै जसबसम्म एयर फोर्सका पाइलटलाई यो चलाउन पूर्ण तालिम दिइँदैन तबसम्म एयर इन्डियाका पाइलटले नै यसको सञ्चालन गर्ने जानकारी दिएको छ ।

यो विमानले मोदीको यात्रामा प्रयोग हुने वी–७४७ को स्थान ओगट्नेछ । यो विमानमा विभिन्न प्रकारका विशेष सुविधा दिइएको छ । यसमा एउटा विशेष सिक्योरिटी सुइट छ जसका कारण भिआईपीको सुरक्षामा कुनै खतरा हुनसक्दैन । यसमा भिडियो र अडियो संवादको सुविधा पनि छ । यो विमानभित्र एउटा सानो मेडिकल सेन्टर पनि बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप