सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

गान्धीसँग जोडिएका केही विवाद : ब्रम्हचार्यको परीक्षण, आध्यात्मिक पत्नी र रंगभेदी विचार !

शुक्रबार, १६ असोज २०७७, १० : २६
शुक्रबार, १६ असोज २०७७

महात्मा गान्धी भारतमा राष्ट्रपिताका रुपमा चिनिन्छन् । अहिंसात्मक आन्दोलनमार्फत भारतमा ब्रिटिस राज समाप्त गर्न उनको योगदान उल्लेखनीय छ । विशेषतः  अहिंसावादी दृष्टीकोण र सादगी जीवनशैलीलाई लिएर गान्धीको सर्वत्र प्रशंसा गरिन्छ । तर यसको अर्थ यो होइन कि गान्धीका जीवन पनि विवादरहित छन् । उनका बारेमा थुप्रै विवादहरु पनि चर्चामा रहँदै आएका छन् ।

त्यस्तै एउटा विवाद हो– गान्धीको ब्रम्हचार्यको परीक्षण । भनिन्छ, वर्ष १९४६ मा आफ्नो ब्रम्हचर्य परीक्षणका लागि भन्दै  उनले १९ वर्षीया (नाताले नातिनी) मनुलाई आफुसँग सुत्न आग्रह गरेका थिए । यतिबेला गान्धी ७० को दशकमा थिए । गान्धीबारे पुस्तक लेखेका इतिहासकार रामचन्द्र गुहा भन्छन्, ‘उनलाई आफू आसपासको हिंसा आफैंभित्रको अपूर्णताको परिमाण वा उत्पादन हो भन्ने लागेको थियो ।’ आजको ‘मि टु युग’मा वा त्यतिबेलै पनि पक्कै गान्धीको यो कदम सही थिएन ।

manu gandhi. https://ichef.bbci.co.uk

त्यस्तै एउटा विवाद हो– गान्धीको ब्रम्हचार्यको परीक्षण । भनिन्छ, वर्ष १९४६ मा आफ्नो ब्रम्हचर्य परीक्षणका लागि भन्दै  उनले १९ वर्षीया (नाताले नातिनी) मनुलाई आफुसँग सुत्न आग्रह गरेका थिए । यतिबेला गान्धी ७० को दशकमा थिए । गान्धीबारे पुस्तक लेखेका इतिहासकार रामचन्द्र गुहा भन्छन्, ‘उनलाई आफु आसपासको हिंसा आफैंभित्रको अपूर्णताको परिमाण वा उत्पादन हो भन्ने लागेको थियो ।’ आजको ‘मि टु युग’मा वा त्यतिबेलै पनि पक्कै गान्धीको यो कदम सही थिएन ।

मनुले आफ्नी आमा गुमाएकी थिइन् र गान्धी तथा उनकी पत्नी कस्तुर बाले नै उनलाई हुर्काएका हुन् । जब यस्तो परीक्षण सुरु भएको थियो, त्यतिबेला कस्तुर बा बितिसकेकी थिइन् । आफू र आफ्ना हजुरबाको असमान शक्ति समीकरणका बाबजुद मनु यस्ता प्रयोगबाट स्तब्ध भएजस्तो भने देखिदैंन । गान्धीले त्यसपछि यस्तो परीक्षणका लागि आफ्नी नातिनी बुहारी अबालाई अघि सारे, यतिबेलासम्म गान्धीको व्यवहारप्रति धेरैले असहमति जनाइसकेका थिए । उनका सहयोगी आरपी पर्शुरामले यस्तो परीक्षण नगर्न आग्रह गर्दा पनि गान्धीले मानेनन्, त्यसपछि पर्शुरामले आश्रम छाडे । गान्धीको पत्रिकाका दुई सम्पादकहरुले यस्तो अस्वभाविक सयन संयोजनबारेको उनको प्रवचन छाप्न अस्विकार गर्दै राजिनामा दिए ।

यद्यपि, उनीसँग सुत्ने महिलाहरुले यस अनुभवबारे लेखेका थिए, उनीहरुले यस्तो परीक्षणका लागि आलोचना सहनु परेपनि आफू शान्त रहेको प्रतिक्रिया लेखेका थिए । मनुले आफ्नो व्यक्तिगत डायरीमा लेखेकी छिन्, ‘बापु मेरा आमा हुन् । उनले ब्रम्हचार्य परीक्षणमार्फत मलाई माथिल्लो मानविय अवस्थामा पुर्‍याउन थाले, यो उनको महायग्न चरित्र–निर्माणको हिस्सा थियो । यो परीक्षणबारेको कुनै पनि सस्तो चर्चा अति निन्दनीय छ ।’

सुशिला नयरले पनि आफ्नो अनुभव लेखेकी छिन् । उनका अनुसार यी परीक्षणका दौरान उनलाई आफू आमासँगै खाटमा रहेको अनुभव हुन्थ्यो । 

इतिहासकार गुहाले यसबारे भनेका छन्, ‘गान्धी आफ्नो यौन चाहना र ब्रम्हचर्यलाई लिएर प्रताडित थिए, जो निकै ठूलो समस्या हो । उनी आफ्नो ब्रम्हचार्यको परीक्षा लिन यस्तो परीक्षण गर्थें । उनी आफू यौन पिपासु होइन भनेर ढुक्क हुन चाहन्थें । तर, यी परीक्षणहरुको बचाउ गर्न सकिँदैन । युवतीहरुका लागि लागि यो एक दबाब र शक्तीको अभ्यास पनि थियो किनकी उनी महान् महात्मा थिए र ती युवती केवल अनुयायी मात्र थिइन् ।’

गान्धीकी आध्यात्मिक पत्नी

गुहाले गान्धीको बायोग्राफी लेख्ने क्रममा सरला देवी चौधुरानीसँगको उनको ‘सम्बन्ध’बारे पनि लेखेका छन् । उनीहरु दुबैले एकअर्कालाई लेखेको चिट्ठीमा प्रेम झल्कन्थ्यो । (१९१९–२००) ताका गान्धीले लेखेका थिए, ‘तिमीले मलाई निरन्तर सपनामा पनि पछ्याइरहेकी छौं ।’ गान्धीले चौधुरानीलाई ‘आध्यात्मिक पत्नी’ भनेका थिए । यद्यपि, दुबै एकअर्कासँग निकै टाढा थिए । यसरी पत्र लेख्दाको समय गान्धी ५० र चौधुरानी ४७ वर्षका थिए । एकअर्काको ज्ञान र बुझाइका आधारमा चौधुरानीलाई अध्यात्मिक पत्नी भनेको गान्धीको कथन थियो । डिसेम्बर १९२० मा सरलालाई गान्धीले लेखेका छन्, ‘म अध्यात्मिक विवाहको परिभाषामा पुगेको छु । यो दुई विपरीत लिङ्गका व्यक्तिबीचको सहकार्य हो, जहाँ शारिरीक सम्बन्ध हुँदैन । त्यसैले दिदी–भाइ, बाबु र छोरीमा पनि यो संभव छ । केवल दुई ब्रम्हचारीबीच विचार, शब्द र कार्यमा यो संभव छ ।’


रंगभेद

जीवनको उत्तराद्र्धमा गान्धीले सबै धर्म र वर्णका मानिस बराबर हुनुपर्ने विषयमा लडे, यसका लागि शान्तिपूर्ण आन्दोलन गरे । तर, जीवनको कुनै कालखण्डमा गान्धी आफैं रंगभेदी रहेको आरोप उनी माथि लाग्ने गरेको छ ।  जसकारण, दक्षिण अफ्रिकामा केही वर्षअघि सामाजिक सञ्जालमा ‘गान्धी मस्ट फल’ ह्यासट्याग चर्चामा थियो । नाटाल इन्डियन कंग्रेसको नेताका रुपमा दक्षिण अफ्रिकामा भारतीयहरुको आन्दोलन अगुवाई गरेर उनले बेलायती उपनिवेश सरकारलाई हस्ताक्षर संकलन पत्र  बुझाएका थिए । ‘भारतीयहरु अश्वेत व्यक्ति र दासभन्दा केही सर्वोच्च हुन् । त्यसैले उनीहरुका लागि डर्बन हुलाक कार्यालयमा अलग प्रवेशको व्यवस्था हुनुपर्छ,’ हस्ताक्षर संकलनपत्रमा उल्लेख थियो । यसअघि अश्वेत व्यक्तिले प्रयोग गर्ने प्रवेशद्वार नै भारतीयहरुले प्रयोग गर्ने गरेका थिए ।

Photo: the independent

घाना विश्वविद्यालयमा २०१६ मा भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले गान्धीको शालिक अनावरण गरेको छोटो समयमै त्यसलाई हटाउनुपर्ने माग गर्दै प्राध्यापकहरुले ज्ञापनपत्र बुझाए । ‘गान्धी रंगभेदी थिए । उनको साटो यहाँ अफ्रिकी नायकहरुको शालिक राख्नुपर्छ,’ ज्ञापनपत्रमा उल्लेख थियो । घाना सरकारले तत्कालीन समय यो शालिकलाई अन्यत्र सार्ने जनाएको थियो । तर, सरकारले आलटाल गरेपछि विद्यार्थी र प्राध्यापकहरुको समूहले आफैं अघि सरेर डिसेम्बर २०१८ मा शालिक ढलाए र हटाए ।

गान्धीका यी विवादास्पद भनाइकै कारण अफ्रिकामा उनलाई कतिपयले नश्लिय चिन्तनका पक्षपाती व्यक्ति भन्छन् । त्यसैले अफ्रिकामा उपनिवेशकालिन शालिकहरु ढाल्ने लहर चलिरहेका बेला गान्धीको शालिक पनि संकटमा परेको थियो । पहिले दक्षिण अफ्रिका र त्यसपछि घानामा उनको शालिक हटाउनुपर्ने अभियान चल्यो । घाना विश्वविद्यालयमा २०१६ मा भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले गान्धीको शालिक अनावरण गरेको छोटो समयमै त्यसलाई हटाउनुपर्ने माग गर्दै प्राध्यापकहरुले ज्ञापनपत्र बुझाए । ‘गान्धी रंगभेदी थिए । उनको साटो यहाँ अफ्रिकी नायकहरुको शालिक राख्नुपर्छ,’ ज्ञापनपत्रमा उल्लेख थियो । घाना सरकारले तत्कालीन समय यो शालिकलाई अन्यत्र सार्ने जनाएको थियो । तर, सरकारले आलटाल गरेपछि विद्यार्थी र प्राध्यापकहरुको समूहले आफैं अघि सरेर डिसेम्बर २०१८ मा शालिक ढलाए र हटाए ।

तानाशाही थिए गान्धी

आलोचकहरु गान्धीलाई तानाशाही पनि भन्छन् । अरुका कुरा सुन्नेभन्दा पनि आफ्ना कुरा जर्बजस्ती लागु गराउनेतर्फ ध्यान केन्द्रीत गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।  गान्धीका हत्यारा नाथुराम गोड्सेका भाई गोपाल गोड्सेद्वारा लिखित पुस्तकमा गान्धीले अरुका विचार निस्तेज गरेर आफ्नो विचारलाई सफल बनाउन कसरी ‘भोक हड्ताल’ को साहारा लिन्थें भन्ने उल्लेख छ । गान्धीप्रति सम्मान हुँदाहुँदै पनि उनको हठका कारण देश गलत बाटो गइरहेको महसुस भएपछि आफ्ना दाजुले गोली ठोकेको उनको दाबी छ ।

गान्धीले अंग्रेजविरुद्ध लडिरहेकोसुभाषचन्द्र वोस, भगतसिंह, शिवराम राजगुरु, सुकदेव थापर जस्ता क्रान्तिकारीहरुलाई खासै मनपराउने गरेको आरोप पनि लाग्ने गरेको छ । कतिसम्म भने गान्धीले विरोध गरेको भए भगतसिंह, राजगुरु, सुकदेवहरुलाई अंग्रेज सरकारले फाँसी दिने हिम्मत गर्ने थिएनन् ।

त्यसो त गान्धीले अंग्रेजविरुद्ध लडिरहेकोसुभाषचन्द्र वोस, भगतसिंह, शिवराम राजगुरु, सुकदेव थापर जस्ता क्रान्तिकारीहरुलाई खासै मनपराउने गरेको आरोप पनि लाग्ने गरेको छ । कतिसम्म भने गान्धीले विरोध गरेको भए भगतसिंह, राजगुरु, सुकदेवहरुलाई अंग्रेज सरकारले फाँसी दिने हिम्मत गर्ने थिएनन्, तर फरक विचार राखेका तथा हिंस्रक अंग्रेज सत्तालाई हिंसाकै माध्यमबाट मात्र प्रतिरोध गर्न तथा हटाउन सकिन्छ भन्ने विचार राखेकै कारण उनीहरु प्रति गान्धीको खासै सदभाव रहेन, उनी त्यस सवालमा अङ्ग्रेजका विरोधमा बाेलेनन् । फलतः उनीहरुलाई अंग्रेज सरकारले फाँसी दिने हिम्मत गरेका हुन् भनी मान्नेहरु पनि कम छैनन् ।

यद्यपि, विश्लेषकहरु गान्धीका विषयमा प्रश्न गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । १९४९ मा जर्ज आरवेलले लेखेका छन्, ‘सौदर्यबोधको कमीले केही व्यक्ति गान्धीप्रति नकारात्मक धारणा बनाउन सक्छन् । उनलाई महात्मा मान्न सबै तयार नहुन सक्छन् (जस्तो, उनले कहिल्यै आफूलाई महात्मा भनेनन्) । कसैलाई गान्धी साधुजस्ता थिए भन्ने लाग्नसक्छ, कसैले उनको मुलभाव मानवता विरोधी र प्रतिक्रियावादी छ पनि भन्लान् । तर, एक देशभक्त नेताका रुपमा गान्धीप्रति खोट लगाउनुपर्ने ठाउँ छैन ।’

तथ्यस्रोत : सीदपिपुल, एनपीआर, वाशिंगटनपोष्ट, टाइम्स अफ इण्डिया, बीबीसी, म्याप्स अफ इण्डिया आदि । Title Photo: BBC

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप