मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु
शुक्रबार, १६ असोज २०७७, १० : १०

रोल्पा– मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।
खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम