बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, १६ असोज २०७७, ०९ : २२
शुक्रबार, १६ असोज २०७७

दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.।६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए । 

पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप