शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिग बस १४ः सलमान खानको शोका लागि राधे मांले पाइरहेकी छिन् यति मोटो रकम

शुक्रबार, १६ असोज २०७७, ०९ : १२
शुक्रबार, १६ असोज २०७७

सलमान खानको शोमा राधे मांलाई प्रतिस्पर्धीको रुपमा ल्याइएको खबर सार्वजनिक भएपछि बिस बस–१४ का लागि दर्शक निकै उत्साहित छन् । हालै निर्माताले राधे मांको झलक भएको एउटा प्रामो भिडियो जारी गरेका थिए । यो भिडियोलाई हेर्दा यस्तो लाग्छ कि राधे मां बिग बसको घरमा इन्ट्रि लिइरहेकी छिन् र ब्याकग्राउन्डबाट उनको आवाजमा भक्तिमय सङ्गीत बजिरहेको छ । यस्तै भारतीय मिडियामा प्रकाशित एक रिपोर्टमा राधे मां सलमान खानको रियालिटी शोकी हाइयेस्ट पेड सेलिब्रिटीमध्ये एक भएको बताइएको छ ।

बलिउडलाइफ डट कमको एक रिपोर्ट अनुसार राधे मांलाई कार्यक्रमको हिस्सा बन्नका लागि सबैभन्दा धेरै पारिश्रमिक दिइएको छ । रिपोर्टमा बताइए अनुसार आफूलाई ‘गुडवुमन’ बताउने राधे मांलाई कार्यक्रममा प्रतियोगी बन्नका लागि प्रति हप्ता २५ लाख भारु दिइने छ । राधे मां बिग बस १४ की सर्वाधिक महँगो पाहुनाका साथै यो सिजनकी सबैभन्दा चर्चित प्रतियोगीमध्ये एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप