बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अक्सफोर्डको भ्याक्सिन समीक्षाका लागि तयार

शुक्रबार, १६ असोज २०७७, ०८ : ०३
शुक्रबार, १६ असोज २०७७

अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकसित गरिरहेका कोभिड–१९ को भ्याक्सिन कोविशिल्ड चाँडै नै समीक्षाका लागि तयार हुने बताइएको छ । युरोपेली समीक्षकले एक–दुई हप्तामा यो भ्याक्सिनको द्रूत समीक्षा सुरु गर्ने सम्भावना छ ।

– ब्लूमबर्गको एक रिपोर्टमा यो मामिलासँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै कोविशिल्ड यूरोपमा  नियामक स्विकृति लिने पहिलो भ्याक्सिन हुनसक्ने बताइएको छ । युरोपेली मेडिसिन एजेन्सीले एक दुई हप्ताभित्र यसको ‘रोलिङ रिभ्यू’ सुरु गर्नसक्ने सम्भावना व्यक्त गरिएको छ ।

– अहिले कोविशिल्डमाथि जुन तरिका अपनाइएको छ, त्यो आपतकालीन अवस्थामा अपनाइने गरिन्छ । विशेषगरी, कोभिड–१९ महामारको प्रकोपलाई मध्यनजर गर्दै यो आवश्यकता भएको छ । समीक्षा भएलगत्तै  चाँडोभन्दा  चाँडो कोविशिल्डले नियामक स्विकृति पाउने सम्भावना रहेको छ ।

कोविशिल्डको तेस्रो चरणको ट्रायल सेप्टेम्बर ६ मा एक व्यक्तिको स्वास्थ्यमा गडबडी देखिएपछि बेलायतमा बन्द गरिएको थियो । यद्यपि, परीक्षणपछि सेप्टेम्बर १२ मा बेलायतमा पुनः ट्रायल्स सुरु भयो । बेलायत, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पनि यो भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप