चीनको राष्ट्रिय दिवसमा हङकङमा विरोध प्रदर्शन, दर्जनौ गिरफ्तार

एजेन्सी । चीनको राष्ट्रिय दिवसमा हङकङमा विरोध प्रदर्शन गर्ने दर्जनौ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार हङकङको दंगा व्यवस्थापनका लागि खटिएको प्रहरीले दर्जनौ प्रदर्शनकारीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सो विरोध प्रदर्शनमा जान लागिरहेका व्यक्तिहरुलाई समेत रोकेको थियो । आफ्नो भ्यानसहित विभिन्न बस्तीमा पुगेको प्रहरीले दर्जनौ जनालाई गिरफ्तार गरेको थियो । हङकङको स्वशासित क्षेत्रका रुपमा रहेको हङकङमा स्वतन्त्रताका पक्षमा बेला बेलामा चीनविरोध प्रदर्शनहरु हुने गर्छन् ।
अक्टोबर १ मा चिनियाँ राष्ट्रिय दिवस पर्ने गर्छ। राष्ट्रिय दिवसका अवसरमा बेइजिङका लगायतका शहरहरुमा फूलले सिँगार्ने चलन छ। सन् १९४९ अक्टोबर १ तारिख थिआनआनमन क्षेत्रबाट अध्यक्ष माओत्सेतुङले जनगणतन्त्र चीन घोषणा गरेका थिए । त्यसपछि हरेक वर्ष अक्टोबर १ त्यहाँ राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे
-
ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म