केन्द्रीय संस्करण

राहुल र प्रियंकासहित २०३ जनाविरुद्ध मुद्दा दायर

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

एजेन्सी । भारतको युपी प्रहरीले कांग्रेस नेताद्वय राहुल गान्धी र प्रियंका गान्धी लगायत २०३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पुलिसले उनीहरुविरुद्ध महामारी ऐन अन्तर्गत मुद्धा दर्ता गरेको हो । नेता र कार्यकर्ताहरुविरुद्ध पुलिसले संविधानको धारा २७०(संक्रमण फैलिने सम्भावनाका बीचमा जानीजानी घातक क्रियाकलाप गरेको), धारा १८८ अन्तर्गत( सरकारी आदेशको उल्लंघन) र महामारी ऐन अन्तर्गत मुद्धा चलाइएको हो ।

उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा राहुल र प्रियंकालाई प्रहरीले रोक्न खोज्दा भएको झडपमा उनीहरु गिरफ्तार भएका थिए । सो झडपमा नेता राहुल जमिनमा ढल्न समेत पुगेका थिए । झडपमा अन्य कार्यकर्ताहरु समेत घाइते भएका थिए । नोएडा एक्सप्रेसवेमा भएको झडपपछि प्रहरीले कांगेस नेता र कार्यकर्ताले कोरोना महामारी चलिरहेका बेला राज्यको नियम उल्लंघन गरेको आरोप लगाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.