केन्द्रीय संस्करण

प्रधानमन्त्रीलाई काँग्रेस प्रवक्ताको प्रश्न : के समय सुहाउँदो चै भ्रष्टाचार हो ?

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अनसनरत डा. गोविन्द केसीबारे सरकारका प्रवक्ताले दिएको व्यक्तिमाथि प्रश्न उठाएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीको अनसन समय सुहाउँदो नभएको बताएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्विट गर्दै  के भ्रष्टाचार चै समय सुहाँउँदो हो त भन्दै सरकारलाई प्रश्न तेस्र्याएका हुन् ।

डा. केसीका कतिपय मागहरू पूरा भइसकेको र कतिपय पूरा हुने क्रममा रहेको भन्दै  ज्ञवालीले यो असामान्य अवस्थामा अनसन बस्नु सुहाउने विषय नभएको बताएका थिए ।  

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्सन गर्दै प्रवक्ता शर्माले ट्वीटरमा प्रश्न तेस्र्याएका छन्, 'डा. केसीको अनसन समय सुहाउँदो भएन भन्ने सरकारले लोकतान्त्रिक चरित्र सुहाउँदो व्यवहार प्रस्तुत गर्नु नपर्ने? समय सुहाउँदो चैं भ्रष्टाचार? ढिलासुस्ती? बेथिति? अव्यवस्था ?'

डा केसीलाई शब्द प्रहार नगर्न आग्रह गर्दै प्रवक्ता शर्माले संवादबाट माग पूरा गर्न माग गरेका छन्। 

 डा. केसीले १९ औं अनसन सुरु गरेको १८ दिन भइसकेको छ । जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेको डा. केसी यतिबेला  त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.