केन्द्रीय संस्करण

अन्ततः घट्ने भयो विद्युतीय सवारीमा वृद्धि गरिएको कर

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

काठमाडौं । अन्ततः विद्युतीय सवारीमा वृद्धि गरिएको करको दर घट्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत विद्युतीय सवारीको करको दर वृद्धि गर्ने निर्णय गरेको सरकारले निर्णयको ४ महिना पछि सो विषयमा पुनर्विचार गरेको हो । 

बजेट बक्तव्य जारी भएको ठिक ४ महिना पछि बिहीबार असोज १५ गते मन्त्रिपरिषदको बैठकबाट सरकारले करको दर र अन्तशुल्कमा पुनर्विचार गर्ने निर्णय गरेको हो । योसँगै यसअघि वृद्धि भएको विद्युतिय सवारीको कर समेत घट्ने भएको हो।
यद्यपि करको दर कति घट्छ सो भने संशोधित कार्यविधिले निर्धारण गर्नेछ ।

यसअघि विद्युतीय सवारीमा ९० प्रतिशतसम्म भन्सार छुट दिइरहेकोमा चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले ७०-८० प्रतिशत सम्म कर वृद्धि गराएको थियो । जसका कारण ठूलो संख्यामा विद्युतिय गाडी भन्सारमै रोकिन पुगेका थिए भने सो निर्णय विरुद्ध सरकारको आलोचना हुँदै आएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.