शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा मृत्यु पछि एक जनामा कोरोना सङ्क्रमण पुष्टि

बिहीबार, १५ असोज २०७७, २१ : २०
बिहीबार, १५ असोज २०७७

कैलाली । उपचारको क्रममा मृत्यु भएकी कैलालीको गोदावरी नगरपालिका वडा  १२ की  एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 
बुधवार राती सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएकी ३० वर्षीया ती महिलाको मृत्यु पछि लिइएको स्बावको नमूना परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

निमोनियाको समस्या देखिएपछि उनीलाई बुधवार विहान अस्पतालको आकस्मिक कक्ष भर्ना गरिएको थियो । यो सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणवाट मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ । असोज महिना शुरु भएसँगै प्रदेशमा कोरोना सङ्क्रमितको मृत्यु दर बढेको छ ।  
  
 सेती प्रादेशिक अस्पतालको कोभिड—१९उपचार विभागका प्रमुख डा।शेरबहादुर कमरले दीर्घ रोगी र बढी उमेरका व्यक्ति सङ्क्रमित हुने सङ्ख्या बढ्दै जाँदा मृत्यु दर पनि बढ्न थालेको बताए । 
सो अस्पतालको सघन उपचार कक्ष९आइसियु०मा तीन जना र आइसोलेशनमा २० जना सङ्क्रमित उपचाररत रहेका छन् । पछिल्लो १४दिन यता कैलालीमा तीन , र अछाम, डडेलधुरामा एक÷एक जना समेत पाँच जनाको मृत्यु भएको छ ।  यस वाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । 

  प्रदेशमा हाल सम्म कैलाली जिल्लाका नौ जना,अछाम, बझाङ,र बाजुराका दुई÷दुई जना र डडेलधुरा र बैतडीका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको छ ।  सामाजिक विकास मन्त्रालयका अनुसार, प्रदेशमा बुधवार एकै दिन अहिले सम्मकै सबै भन्दा बढी १९६जनामा र पछिल्लो २४घण्टामा थप ३१जनामा सङ्क्रमणको पुष्टि भएको छ । यो समेत कूल सङ्क्रमित सात हजार ३७६ जना पुगेका छन् ।  लक्षण भएका सक्रिय सङ्क्रमित बिरामी पनि पछिल्ला

दिनमा बढ्दै गएका छन् । यही असोज १गते ८०२जना सक्रिय सङ्कमित बिरामी रहेकोमा यो सङ्ख्या आज एक हजार १५७पुगेको छ ।  कोरोनाबाट सबै भन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित बिरामी ६६७ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप