बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकका १० निर्णय विस्तृतमा पढ्नुहोस्

बिहीबार, १५ असोज २०७७, २१ : ००
बिहीबार, १५ असोज २०७७

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न १० निर्णय गरेको छ । निर्णयअनुसार सरकारले करका दर घटाउने निर्णय गरेको छ । 
आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । 

त्यस्तै बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि गरेको छ। 

यस्तै तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहायोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो ।
यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएकोमा स्वीकृति भएको छ भने मुख्य सचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई बढुवा गरी नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै बैठकले पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिका, आजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्य र डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप