शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संक्रमित ६३ लाख पुगे, ९८ हजार बढीको मृत्यु

बिहीबार, १५ असोज २०७७, १९ : ३७
बिहीबार, १५ असोज २०७७

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ८२१ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार १८१ जना थप व्यक्तिको मृत्यु भएको छ ।  केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा बिहीबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९८ हजार ६७८ हजार पुगेको छ । 

भारतमा ५२ लाख ७३ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।   सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३६ हजार ६६२ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख ७ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ८६४ जनाको मृत्यु भएको छ ।  भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ५६ लाख नमूना परीक्षण गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप