शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा २ को मृत्युसँगै ८४ संक्रमित थपियो

बिहीबार, १५ असोज २०७७, १९ : ३५
बिहीबार, १५ असोज २०७७

जनकपुर । प्रदेश नम्बर २ मा बिहिबार २ जना कोरोना संक्रमितको मृत्यू भएको छ भने ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजर गजेन्द्र नारायण सगरमाथा अस्पताल रौतहटमा गरिएको परीक्षणबाट प्राप्त जानकारी अनुसार २२ जना महिला र ६२ जना पुरुष गरि कुल ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए ।

बिहिबार यस प्रदेशको पर्सामा सबैभन्दा बढी व्यक्तिमा कोराना संक्रमण पुष्टि भएको छ ।  पर्सा जिल्लामा १० महिला र १७ पुरुष गरी २७ जनामा कोराना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै सिरहामा ४ महिला र २० पुरुष गरी २४ जना, सप्तरीमा ५ महिला र ८ पुरुष गरी  १३ जना, धनुषामा १ महिला र ५ पुरुष गरी ६ जना, बारामा १ महिला र ५ पुरुष गरी ६ जना, रौतहटमा १ महिला र ४ पुरुष गरी ५ जना, महोत्तरीमा ३ जना पुरुष र सर्लाहीमा १ जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको जनाइएको छ ।

थपिएका संक्रमितसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय २७ पुगेको छ । हालसम्म यस प्रदेशका २ हजार १ सय ४७ महिला र ११ हजार ४ सय ६४ पुरुषमा कोराना संक्रमण देखिएको छ ।

त्यस्तै प्रदेशमा ३ जना महिला र २६ पुरुष गरी कुल २९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनालाई जितेर घर फर्किने संख्यासंगै प्रदेशमा कोरानाबाट निको हुनेको संख्या समेत १० हजार ५ सय ७१ पुगेको छ । अहिले सम्म प्रदेशमा ९ हजार १ सय ७४ पुरुष र १ हजार ३ सय ९७ महिला कोरानालाई जितेर घर फर्किसकेका छन् ।

प्रदेश– २ मा कोराना संक्रमणबाट थप दुइ जनाको मृत्यु भएको छ । विरगंज स्थित नेशनल मेडिकल कलेका बाबा होटलको आइशोलेशन कक्षमा उपचाररत्त ७४ वर्षिय पुरुषको कोरानाको कारण ज्यान गएको जनाइएको छ । उनी रौतहटको इश्वरनाथ नगरपालिका वडा नम्बर ४ का हुन् ।

त्यस्तै सिरहाको गोलबजार नगरपालिका वडा नम्बर २ मा घर भएका ७७ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । उनको काठमाण्डाँैस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको निमित्त निर्देशक झाले बताए ।

थपिएका मृतकसंगै यस प्रदेशमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको जनाइएको छ । अहिलेसम्म प्रदेशमा १ सय १३ जना पुरुष र २२ जना महिलाको कोराना संक्रमणका कारण ज्यान गुमिसकेको निर्देशक झाले जानकारी दिए  ।

कोभिड १९ बाट अहिले सम्म सबैभन्दा बढी प्रदेशको पर्साामा ४३, बारामा १८, धनुषामा १६, महोत्तरीमा १५, सिरहामा १३, सप्तरीमा १५, रौतहटमा ७ र सर्लाहीमा ७ र १ भारतिय नागरिकको समेत कोराना संक्रमणबाट अहिलेसम्म मृत्यु भईसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप