सुर्खेतमा कोरोनाबाट चिकित्सकको मृत्यु
बिहीबार, १५ असोज २०७७, १९ : २५
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा.हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा.रविन खड्काले जानकारी दिए ।
दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटलाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो । उनी प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आएका थिए ।नेपालका कोरोनाबाट चिकित्सकको मृत्यु भएको पहिलो घटना भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानमा के-के गर्न पाइँदैन ?
-
उपनिर्वाचन : इलाम र बझाङका ३० जना उम्मेदवारहरूको भाग्यको फैसला आज
-
आजको मौसम : चट्याङसहित हल्का वर्षादेखि हावाहुरीको सम्भावना
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव