शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा एकैदिन ११ फरार प्रतिवादी पक्राउ

बिहीबार, १५ असोज २०७७, १९ : २२
बिहीबार, १५ असोज २०७७

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले एकैदिन ११ फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा बैकिङ कसुर, सवारी ज्यान, सम्बन्ध विच्छेद, जारी मुद्दा र नाता कायम मुद्धाका प्रतिवादी रहेको प्रहरीले जनाएको छ । 

बैकिङ कसुर मुद्दामा म्याग्दे गाउँपालिका–१ का चामबहादुर थापा पक्राउ परेका छन् । उच्च अदालत पाटनले विसं २०७६ माघ १७ गतेको थापालाई रु दुई लाख जरीवानाको फैसला सुनाएको थियो । त्यस्तै सवारी ज्यान मुद्धामा भएको फैसलामध्ये आठ दिन कैद र रु दुई हजार जरीवाना तिर्न बाँकी रहेका एक, सम्बन्धविच्छेद मुद्दामा फरार सात, जारी मुद्दामा एक र नाता कायम मुद्धाका एक प्रतिवादी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

पक्राउ गरिएका सबैलाई कैद तथा जरीवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । विभिन्न अपराध एवं मुद्धामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न विशेष अभियान चलाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप