शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट सप्तरीमा थप एक पुरुषको मृत्यु

बिहीबार, १५ असोज २०७७, १९ : १९
बिहीबार, १५ असोज २०७७

सप्तरी । विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । 

उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको समस्या रहेको थियो  । कोरानाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप