मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रज्ञा–प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

बिहीबार, १५ असोज २०७७, १९ : १२
बिहीबार, १५ असोज २०७७

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्राडा. कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको परियोजना कार्यअन्तर्गत तयार पारिएको हो ।

लोकवार्ता, लोकसाहित्य, लोकगीत, लोकगाथा, लोककविता, लोककाव्य, लोककथा, लोकनाटक, गाउँखाने कथा, उखान, टुक्का, लोकबाजा र नेपाली लोकसाहित्यको सङ्कलन तथा अध्ययनको परम्पराजस्ता मूल शीर्षकका तेह्र परिच्छेदअन्तर्गत विभिन्न उपशीर्षकमा विभाजित प्रस्तुत कृतिमा सम्बन्धित विधाको सैद्धान्तिक जानकारीका साथै प्रकार र उदाहरण समाविष्ट छन् ।

विभागका प्रमुख प्राज्ञ डा.देवी नेपालले लोकसाहित्यको कुनै पनि क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न चाहने अनुसन्धाता र जिज्ञासु पाठकका लागि पनि कृति उपयोगी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप