बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय काँग्रेसका नेताद्वय राहुल र प्रियंका गान्धी पक्राउ

बिहीबार, १५ असोज २०७७, १९ : ०४
बिहीबार, १५ असोज २०७७

एजेन्सी । भारतीय काँग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उत्तर प्रदेशको हाथरसमा भएको सामूहिक बलात्कार काण्डका पीडित परिवारलाई भेट्न जाँदै गर्दा नेता गान्धीलाई युपी प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई युपी पुलिसको नोएडा एक्सप्रेसवे को इकोटेक–१ चौकीबाट खटिएका प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । त्यस्तै पीडित परिवारलाई भेट्न गएकी काँग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले रोकेको छ । उनीहरु दुबैजना आफ्नो कारबाट ओर्लेर पैदल अगाडि बढेका थिए । केहीबेरपछि प्रहरीले राहुललाई ग्रेटर नोएडा एक्सप्रेसको इकोटोक १ पुलिस स्टेशनमा पक्राउ गरेको थियो । सँगै प्रियंकालाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । 

त्यसअघि प्रहरीसँगको भएको धकेलाधकेलमा राहुल लडेका थिए । त्यसलगत्तै प्रहरीले राहुलको कठालो समातेका थिए । काँगे्रस नेताहरुले राहुलको हातमा चोट लागेको बताएका छन् । घटनालगत्तै राहुलले आक्रोस पोख्दै भनेका छन्ः ‘पुलिसले ममाथि लाठी चार्ज गर्यो, धकेल्यो र भूइँमा पछार्यो । म यो प्रश्न गर्न चाहान्छु कि मोदी जी मात्र यस देशमा हिँड्न सक्छन् ? सर्वसाधारण व्यक्तिले हिँड्न पाउँदैनन् ? शुरुमा हाम्रो गाडी रोकियो, त्यसपछि हामी हिँड्न थाल्यौं । म सामूहिक बलात्कार पीडितहरुको परिवारलाई भेट्न चाहान्छु । तिनीहरुले मलाई रोक्न सक्दैनन् ।’ राहुलले प्रहरीसँग आफुलाई संविधानको कुन धारा अन्तर्गत पक्रिन थालिएको हो, सार्वजनिक रुपमा मिडियालाई बताउन सक्नुहुन्छ ? भन्दै प्रश्न समेत गरेका थिए । प्रहरीले राहुलले धारा १८८ को उल्लंघन गरेको आरोप लगाएको छ । १८९७ को महामारी कानून अन्तर्गतको धारामा उल्लेख भएअनुसार यदि कसैले त्यो कानूनको नियम उल्लंघन गरेमा उसलाई गिरफ्तार गर्न सकिने युपी प्रहरीले जिकिर गरेको छ । यद्यपि, केही भारतीय सञ्चारमाध्यामले भने नोएडा एक्सप्रेसवेमा झडप मात्र भएको जनाएका छन् ।

१४ सेप्टेम्बरमा हाथरस जिल्लाको चन्दपा क्षेत्रस्थित एक गाउँकी १९ वर्षीया युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका थिए । आरोपित युवतीमाथि बलात्कारसहित भौतिक आक्रमण समेत भएको जनाइएको थियो । बलात्कार गर्नेहरुले उनको हड्डी भाँचिदिएको र जिब्रो समेत काटिदिएको बताइएको छ । दिल्लीमा उपचारका क्रममा ती युवतीको मृत्यु भएको थियो । बलात्कार गरेको आरोप लागेको चारै जनालाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ । काँग्रेस नेतृ प्रियंकाले पीडित युवतीको शव जबर्जस्ती खोसेर जलाइएको आरोप लगाउँदै आएकी छिन् । २८ सेप्टेम्बरमा निधन भएकी युवतीको शव मंगलबार राती पुलिसले जबरजस्ती दाहसंस्कार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप