बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश पाँचबाट गृहमन्त्री थापालाई प्रश्न : नेपाल बलात्कारबाट पुरस्कार थाप्ने होडबाजीमा हो ?

बिहीबार, १५ असोज २०७७, १८ : ५५
बिहीबार, १५ असोज २०७७

बुटवल । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बलात्कार सम्बन्धी दिएको एक अभिव्यक्तिको  ५ नम्बर प्रदेश सभा विहीबार चर्को आलोचना भएको छ । गृहमन्त्री बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको अभिव्यक्ति दिएपछि प्रदेशसभाको बैठकमा जनता समाजवादी पार्टी प्रदेशसभा सदस्य कपल्ना पाण्डेले आलोचन गरेकी हुन् ।

हिजो गृहमन्त्रीले नेपाल बलत्कार गर्नेहरुको तुलनामा पछाडि भएको भनाइप्रति प्रश्न गर्दै भनिन्, 'नेपाल के बलात्कार गर्ने प्रतिस्पार्ध छ ? नेपाल बलात्कारबाट पूरस्कार थाप्ने होडबाजीमा हो र?'

उनले बालिकाहरु बलात्कारको घटना बाहिर आएको बेला गृहमन्त्रीले यस्तो भनाई आएको पीडितले न्याय पाउन नसक्ने बताइन् । उनले सभामुखमार्फत प्रदेश सरकारबाट संघीय सरकारको ध्यानार्कषण गराइन् ।

उनले प्रदेश सरकार देखिने सुनिने ठाउँमा रहेको मुख्यमन्त्रीले बताए पनि जनताहरु दु:ख प्रदेश सरकारको पत्तो नभएको भन्दै आलोचना गरिन् ।

उनले प्रदेश सरकारले रुपन्देही जिल्लाका विभिन्न ठाउँमा भएको विपत्तमा प्रदेश सरकारले कुनै साथ सहयोग त्यहाँका नागरिकहरुले नपाएको बताइन् । आजको प्रदेश सभा बैठकमा निर्मला क्षेत्री,अष्टभुजा पाठक,तुलसी चौधरी,दिपेश थारु, लगायत बोल्दै प्रदेशका रहेका बिभिन्न समस्याको बिषयमा प्रदेश सरकारको ध्यानआर्कषण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप