बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

निर्मलकुमार विश्वकर्मालाई १२ देशका लागि राजदूत सिफारिस

बिहीबार, १५ असोज २०७७, १८ : ३७
बिहीबार, १५ असोज २०७७

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले एउटै ब्यक्तिलाई १२ देशको राजदूतमा सिफारिस गरेको छ । १२ देशको राजदूतका लागि सिफारिस हुने भाग्यमानी ब्यक्ति हुन् कपिलबस्तुका डा.निर्मलकुमार विश्वकर्मा ।  बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले उनलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको हो ।

उनलाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।  पार्टीसँग कुनै समन्वय नगरी राजदूत नियुक्त गरेको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप