शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविमा नेविसंघका गतिविधिविरुद्ध अनेरास्ववीयूको र्‍याली

बिहीबार, १५ असोज २०७७, १८ : ३०
बिहीबार, १५ असोज २०७७

काठमाडौं । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा नेपाल विद्यार्थी संघले थालेको आन्दोलनविरुद्ध अनेरास्ववीयूले र्याली निकालेको छ । सत्तारुढ दल नेपाल कम्युनस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववी त्रिवि समितिले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ त्रिवि समितिको आन्दोलनका विरुद्धमा विहीबार र्‍याली निकालेको हो ।

 नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो । ९ असोजमा त्रिवि वार्ता समिति र आन्दोलनरत नेविसंघ त्रिवी समितिबीच २३ बुँदे सहमति भएको थिए ।

तर त्रिविले आफूहरुका मागप्रति उदासीनता देखाएको भन्र्दै नेविसंघ त्रिवि समितिले बुधबारबाट फेरि आन्दोलन थालेको छ । हिजो त्रिविका पदाधिकारीको कार्यलायमा ताल लगाएपछि अनेरास्ववीयूले त्यसको विरोधमा आज र्याली निकालेको हो ।

अनेविरास्ववीयूका केन्द्रीय सदस्य एवम् त्रिविका नेता मदन विष्टले केही विद्यार्थी संगठनको समूहका नाममा पछिल्लो समय त्रिविमा हुने गरेका गुन्डागर्दी र अपराधिक गतिविधिको भण्डाफोरका लागि र्याली निकालिएको रातोपाटीलाई जानकारी दिए ।

कात्तिक १७ मा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नेकपा निबट धर्मकान्त बाँस्कोटा नियुक्त भएदेखि नेविसंघ त्रिवि समिति आन्दोलित छ ।  

त्रिविलाई राजनीतिक भागबण्डाबाट मुक्त राख्नुपर्ने र कोभिड १९ का कारण स्थगित भएका त्रिवीका परीक्षाहरु सञ्चालन गर्न र  त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुरधारमा जोड दिने नेविसंघको माग छ । 

यस्तै त्रिवि कार्यकारी परिषद्ले नियम लत्याएर समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सह–प्राध्यापक युवराज लुइँटेल र भाषाविज्ञान केन्द्रीय विभागमा प्रा.डा. बलराम प्रसाईंको नियुक्ति खारेजीको माग पनि नेविसंघ त्रिवि समितिले राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप