शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युवराज खतिवडा अमेरिकासहित अन्य ६ देशको राजदूतमा पनि सिफारिस

बिहीबार, १५ असोज २०७७, १८ : २६
बिहीबार, १५ असोज २०७७

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष, पूर्व गर्भनर, पूर्व राष्ट्रियसभा सदस्य, पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका पूर्व मुख्य आर्थिक सल्लाहाकारलाई अमेरिकाका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । 

खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।  त्यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवासीय र  गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप