केन्द्रीय संस्करण

नेपाल-भारत सम्बन्ध सुमधुर बनाउनु नै गान्धीप्रतिको सम्मान हो : नेता सिंह

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाल र भारतको सम्बनधलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लैजानु नै महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानले विहीबार गान्धको १५१औं जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरेका कार्यक्रममा नेता सिंहले दुई देशबीचको सम्बन्ध सुमधुर गर्नु नै गान्धिप्रति सच्चा सम्मान ठहर्ने बताए ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘ नेपाल र भारतको सम्बनधलाई अत्यन्तै समझदारी र सुझबुझका साथ विस्तार गरेर अघि लग्यो भने महात्मा गान्धीलाई सच्चा सम्मान गरेको ठहर्नेछ ।’

त्यस्तै, उनले अहिंसाको माध्यमबाट जनताले अधिकार प्राप्त गर्न सक्छन् भनेर बाटो देखाउने व्यक्ति का रुपमा विश्वले गान्धिको स्मरण गर्ने पनि बताए । अत्यन्त चमत्कारिक, असल र ठुलो नेताका रुपमा विश्वले गान्धिलाई चिन्ने गरेको भन्दै उनले गान्धिको वैश्विक आयामका बारेमा चर्चा गरेका थिए ।

सो क्रममा नेता सिंहले ०४२ सालमा सत्याग्रहमा सरिक भएर जेल गएको व्यक्तिको नाताले एउटा सत्याग्रहीका रुपमा गान् धका बारेमा बोल्न पाउनुलाई अवसरका रुपमा लिएको पनि बताए । चरित्र र नैतिकताले ठुलो शक्तिलाई पनि परास्त गर्न सकिन्छ भन्ने उदाहरण गान्धी भएको पनि भन्दै उनले तुलसी मेयर श्रेष्ठकै माध्यमबाट नेपालीका बारेमा गान्धीले जानकारी लिएको बताए ।

भारतमा स्वतन्त्रता संग्राम आन्दोलनमा लागेका नेताहरुलाई मनको भय हटाउन सक्नुपर्छ भनेर गान्धिले भनेको कुरा आफ्ना पिता गणेशमान सिंहले स्मरण गर्ने गरेको पनि उनले सुनाए । काँग्रेसका संस्थापक नेताहरु गणेशमान सिंह र किसुनजीले १९४७ मा कलकत्ताको बीरला धर्मशालामा गान्धिलाई भेटेका पनि सिंहले स्मरण गरे ।

बिपी कोइराला जेलमा रहेको र क्याान्सरका कारण जीवन धरापमा परेकाले सो क्रममा किसुनजी र गणशमानजीले गान्धीलाई भेटेर वीपीको उपचारका लागि रिहा गर्न पद्म शमशेरलाई चिठि लेखाउनका लागि गान्धिसँग भेट गरेका थिए ।

डा.राममनोहर लोहियाको सिफारिसमा गान्धीले समय दिएर भेट गरेको र पत्र त लेख्दिउँला कसले लैजान्छ नेपाल भनेर गान्धीले सोधेका र किसुनजीले म लैजान्छु भनेको सन्दर्भ पिताबाट आफुले सुनेको र पिताले आफ्नो पुस्तकमा समेत विस्तृतमा लेखेको पनि उनले बताए । गान्धिले आफ्नो पत्र लिएर नेपाल कोही आउनेबारे नेपालमा तार पठाएलगत्तै बिपी कोइराला रिहा भएकाले गान्धिले पत्र पठाउनु नपरेको उनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.