शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको १११औं शाखा दाङको तुलसीपुरमा

बिहीबार, १५ असोज २०७७, १७ : ०७
बिहीबार, १५ असोज २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा तुलसीपुर शाखा संचालनमा ल्याएको छ । 

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले पूजा पाठ गरी दाङको तुलसीपुर शाखा संचालनमा ल्याएको हो । 

नेपाली जनमाझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त शाखा विस्तार गरेको हो । 

यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैंकिङ्ग सेवाअन्तर्गत नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्नुका साथसाथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । 

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

विश्वभरी फैलिएको कोरोनाभाइरसले सृजना गरेको विषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा)९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन –व्यक्तिगत कर्जा) १०.९९%  वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशैभरी छरिएका बैंकका १११ शाखाहरुबाट संचालनमा ल्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप