शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकासहित कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (तथ्यांकसहित)

बिहीबार, १५ असोज २०७७, १६ : ५०
बिहीबार, १५ असोज २०७७

बितको २४ घण्टामा काठमाडौंमा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा १०५, कैलालीमा १६१, रुपन्देहीमा ९१ सहित अन्य विभिन्न जिल्लामा गरी बितेको २४ घण्टामा मात्रै १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको जानकारी दिएको छ । यस्तै हालसम्म ५७ हजार ३८९ जना कोरोना मुक्त हुँदा देशभर सक्रिय संक्रमिमतको संख्या २१ हजार ८३० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेको जानकारी दिए । 
यस्तै हाल देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप