शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशभर सक्रिय संक्रमित २१ हजार ८३० पुगे, आज १९११ थपिए

बिहीबार, १५ असोज २०७७, १६ : २३
बिहीबार, १५ असोज २०७७

काठमाडौं । देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो । 


पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् भने बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 
उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका छन् । 

यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । 
यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् । 

यसैबीच पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप