बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलाको छाङरुमा उपस्थिति बलियो बनाउँदै सरकार, अब खाद्यान्नको अभाव हुन नदिने

बिहीबार, १५ असोज २०७७, १६ : ०३
बिहीबार, १५ असोज २०७७

काठमाडौं । राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र ब्यास गाउँपालिकास्थित छाङरुमा सरकारले उपस्थिति थप बढाएको जनाएको छ । भारतीय सीमासँग जोडिएको छाङरुमा खाद्यान्न आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो उपस्थिति जनाएको हो । 

छाङरुवासीहरुको माग अनुसार खाद्य कम्पनीले सो क्षेत्रमा खाद्यान्न आपूर्ति समेत थालिसकेको छ । लकडाउनका बेला खाद्यान्नको अभाव भएको भन्दै छाङरुवासीले खाद्यान्नको माग गरेकोमा मन्त्रालयले कम्पनी मार्फत हेलिकप्टर प्रयोग गरेर दाल चामल पु¥याउने काम भएको उद्योग सचिव बैकुण्ठ अर्यालले जानकारी दिए । 

संकटका बेला छाङरु पुगेको सरकारले अब उप्रान्त सो क्षेत्रमा नियमित रुपमै खाद्यान्न पठाइने सचिव अर्यालले बताए । हाल सो क्षेत्रमा विक्रि केन्द्र मार्फत मात्र खाद्यान्न बिक्रीवितरण भइरहेकोमा अब आवश्यकताका अनुसार डिपो नै खोलेर सेवा विस्तार गर्ने योजना समेत मन्त्रालयको रहेको सचिव अर्यालले जानकारी दिए । 

हाल ब्यास गाउँपालिकाको छाङरु र पिकरमा मात्र खाद्यान्न ढुवानी गर्दै आएको कम्पनीले अब छिट्टै सोही क्षेत्रको राप्लामा समेत खाद्यान्न ढुवानी गर्ने तयारी गरेको खाद्य कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले रातोपाटीलाई जानकारी दिइन् । 

पहिलो पटक छाङरु पुगेको खाद्यले गत असार २७ गते छाङरु र पिकरका लागि १००÷१०० सय गरी २ सय (२००) क्विलन्ट चामल पठाएको थियो । सोही क्षेत्रभित्र पर्ने राप्लाबाट ५०० क्वीन्टल चामलको माग आएपछि अहिले खाद्यले उक्त क्षेत्रमा नियमित खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउने तयारी गरेको छ । 

अहिले कम्पनीले छाङरु, पिकर र राप्लामा नियमित खाद्यान्न ढुवानीका लागि ढुवानी कम्पनी छनोट गरिरहेको र सो कार्य करिब करिब अन्तिम चरणमा पुगिसकेको सूचना अधिकारी न्यौपानेले जानकारी दिइन् ।   छाङरु नेपाल–भारत सीमा क्षेत्र लिपुलेक नजिकको स्थान हो । सो क्षेत्रमा गत जेठमा मात्र सरकारले सीमा रक्षाका लागि भन्दै सशस्त्र प्रहरीको एक टोली उक्त क्षेत्रमा पठाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप