लकडाउनबाट मुक्त हुन १ वर्ष लाग्न सक्छः इजरायली प्रधानमन्त्री

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक कोभिड–१९ बन्दाबन्दीबाट मुक्त हुन ६ महिनादेखि १ वर्षसम्म लाग्नसक्ने बताएका छन् । “यो लकडाउनबाट बिस्तारै र क्रमिकरूपमा इजरायल मुक्त हुनेछ र यो आधा वर्षदेखि एक बर्षसम्म रहन सक्छ,“ उनले बुधबार मन्त्रीपरिषद्को बैठकमा भने ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्रीले बासिन्दाहरूलाई उनीहरूको घरबाट २०० मिटरभन्दा बाहिर जानबाट रोक्नुपर्ने र अतिआबश्यक बाहेकका गतिविधिलाई नियन्त्रण गर्न थप प्रतिबन्धको लागि आग्रह गरेका छन् । हालका प्रतिबन्धले उक्त सीमालाई एक हजार मिटरमा राखेको छ ।
इजरायलले सेप्टेम्बर १८ देखि तीन हप्ताका लागि दोस्रो पटक राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । इजरायलमा सुरुमा फेब्रुअरीमा भाइरसबाट सङ्क्रमित पहिले विरामी फेला परेपनि पछिल्ला केही हप्तामा यहाँको सङ्क्रमण दर बढ्न थालेपछि दोस्रो पटक लकडाउनको घोषणा गरेको हो ।
इजरायलमा कोभिड–१९ नियन्त्रणका लागि लिइएका नियन्त्रण उपायका कारण अर्थतन्त्रमा व्यापक प्रभाव परेको छ । इजरायलको झण्डै एक चौँथाइ अर्थात् नौ लाख श्रमशक्ति कोरोनाका कारण बेरोजगार बनेको इजरायली रोजगार सेवा केन्द्रद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक