केन्द्रीय संस्करण

गृहमन्त्री थापाको अभिव्यक्तिप्रति अभिनेत्री ऋचा शर्माको आपत्ति

person explore access_timeअसोज १५, २०७७ chat_bubble_outline0

काठमाडौं । पछिल्लो समय देशमा बलात्कारका घटनाहरु बढिहरेका छन् । दैनिकजसो बलात्कारका नयाँ घटना बाहिर आउने गरेका छन् भने सामाजिक संजालदेखि जताततै बलात्कारको विरोधमा आवाज उठेको देख्न सकिन्छ । 
यस्तो अवस्थामा  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले दिएको एक अभिव्यक्तिको आलोचना भएको छ ।  बादलले बलात्कारका घटना बढे पनि विश्वका अरु देशको तुलना गर्दा नेपालको अवस्था चिन्ताजनक नभएको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हो । 

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा ‘विश्व परिवेशमा हेर्दा नेपालमा बलात्कारका घटना चिन्ताजनक नभएको’ टिप्पणी गरेका थिए । 
उनको अभिव्यक्तिलाई लिएर अभिनेत्री ऋचा शर्माले सामाजिक संजालमार्फत आक्रोश पोखेकी छन् । 

उनले बलात्कारको विषयमा विगतमा सांसद रामनारायण विडारी, पूर्व गृहमन्त्री वामदेव गौतम र अहिलेका गृहमन्त्री बादलले दिएको अभिव्यक्तिले चिन्तित बनाएको बताएकी छिन् ।  
उनले विभिन्न नेताहरुले बलात्कारका घटनाको बिषयमा दिएको केही अभिव्यक्तिलाई समेत बुँदागत रुपमा यसरी उल्लेख गरेकी छिन्ः 

१. यस्तो बेला बलात्कार भैरहन्छ – भूकम्पपछि तत्कालीन गृहमन्त्री बामदेव गौतम)

२. बलात्कार पुँजीवादीले गराएको हो –निर्मला हत्याकाण्डपछि गृहमन्त्री रामबहादुर थापा) 

३. बलात्कार भनिएको केसमा ९० प्रतिशत महिलाले इन्जोइ गर्छन् – रामनारायण बिडारी ।

४. दिनमा ७ जति मात्रै बलात्कार, चिन्ता लिनुपर्ने अवस्था होइन – गृहमन्त्री रामबहादुर थापा ।’
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.