बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर मृत्यु

बिहीबार, १५ असोज २०७७, १४ : ३२
बिहीबार, १५ असोज २०७७

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर रोल्पामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) शंकर खड्काका अनुसार मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर भरत नेपालीको मृत्यु भएको हो ।

सामान्य वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भृग्री प्यूठानतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको खड्काले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप