मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरी हिरासतमा महिलाको मृत्यु

बिहीबार, १५ असोज २०७७, १४ : ०६
बिहीबार, १५ असोज २०७७

काठमाडौँ । रौतहटको गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ । गुजरा नगरपालिका–२ कटानीबजारकी राधिका राउतको हिरासतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी राउत बिहीबार बिहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी भरत श्रेष्ठले पुष्टि गरे ।

श्रीमानले राधिकालाई एक पुरुषसँग शौचालयमा अनैतिक सम्बन्ध राख्दै गर्दा देखेपछि बुधबार साँझ वडाअध्यक्ष अशोककुमार थारुको रोहबरमा प्रहरी चौकीमा बुझाएका थिए ।

डीएसपी श्रेष्ठका अनुसार यद्यपी राउतको के कारणले मृत्यु भयो भन्ने अनुसन्धान भइरहेको छ । मृतक राधिकाले आफू छारे रोगको बिरामी भएको प्रहरीलाई जानकारी गराएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप