शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैशाखयता विपदका घटनामा परेर ४०२ जनाको मृत्यु

बिहीबार, १५ असोज २०७७, १३ : ४८
बिहीबार, १५ असोज २०७७

काठमाडौं । बैशाख १ गतेदेखि असोज १४ गतेसम्म विभिन्न विपदका घटनामा परेर ४०२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साढे ५ महिनाको अवधिमा बाढी, पहिरो र चट्याङ लागेर त्यति धेरैजनाको मृत्यु भएको हो । प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म ४३९ जना घाइते भएका छन् भने १०१ जना बेपत्ता भएका छन् ।

प्राधिकरणको तथ्यांकअनुसार पहिरोमा परेर मृत्यु हुनेको संख्या २२५, बेपत्ता हुनेहरुको संख्या ६४ र घाइते हुनेहरुको संख्या २२३ रहेको छ । त्यस्तै बाढीमा परेर मृत्यु हुनेहरुको संख्या ४२, घाइतेको संख्या ११ र बेपत्ता हुनेहरुको संख्या ३७ रहेको छ भने चट्याङ लागेर मृत्यु हुनेहरुको संख्या ६५ जना रहेको छ ।

चट्याङ लागेर २०५ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार गत २४ घण्टामा देशभर ९ वटा विपदका घटना भएका छन् । प्राधिकरणका अनुसार आगामी ३ दिन मुलुकभर हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप