शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुरु भयो सरकारको सुपथ मूल्य पसल, चाहिएको सामान नपाइएको गुनासो (तस्बिरहरु)

बिहीबार, १५ असोज २०७७, १२ : ५३
बिहीबार, १५ असोज २०७७

काठमाडौं । हरेक वर्षजस्तै  यसवर्ष पनि दशै लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । सरकारले आम सर्वसाधारणलाई थोरै भएपनि बजार भाउ भन्दा सस्तो मूल्यमा सामान बेचेर राहत दिँदै आएको बताएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमटेडले बजार भाउ भन्दा केही सस्तोमा सुपथ मूल्य पसलबाट सामान पाइने दाबी गर्दै आएको छ । सुपथ मूल्य पसल दशैँ, तिहार र छठसम्म रहनेछ । 

यद्यपि, यस पटक विगत जस्तो चाहिने सामान नभएको र बजार मूल्य भन्दा खासै फरक नभएको सुपथ मूलय पसल पुगेको सर्वसाधारणको  गुनासोे छ । 
भक्तपुर सिरुटारका बासुदेब श्रेष्ठ र बालाजुका मिनबहादुर लामा आफूहरु टाढा टाढाबाट सस्तोमा चाहिएको सामान खरिद गर्न पाइन्छ भनेर थापाथली आएपनि त्यस्तो नभएको बताए ।  चाहिएको सामान नपाएको र बजारभाउ पनि फरक नपरेको उनीहरुको भनाइ छ ।  लामाले भने, ‘सरकारले जनता झुक्याउने काम गरेको छ । कति टाढा टाढाबाट आएका हामी त्यसै फर्केर जाँदा नरमाइलो भयो । चिनी, प्याज जस्ता सामान नपाइएको उपभोक्ताको गुनासो छ ।’

दशैं, तिहार र छठ पर्वहरुलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडका देशभर रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल आज बाट सञ्चालनमा आएका हो । 
सहुलियत पसलमा नून प्रति केजी १८ रुपैयाँ (प्रति परिवार ४ केजीका दरले), चिनी प्रति केजी७० रुपैयाँ (प्रतिपरिवार ४ केजीका दरले) र घ्यूप्रति लिटर ८ सय ७० रुपैयाँमा पाइनेछ ।

चामलमा प्रति किलो ५,  खसी,बोका र च्याङ्ग्रामा प्रति किलो १० र  दालमा ५ रुपैयाँ छुट दिईनेछ । सिमी  र गेडागुडीमा प्रतिकिलो १०, फापरमा ५ र सेतो केराउमा प्रतिकिलो ५ रुपैयाँ सस्तो पर्नेछ ।

तस्बिर : कृष्ण खड्का


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप