असईको परीक्षा चलाउने नक्कली इन्सपेक्टर बर्दीमै पक्राउ
काठमाडौँ । प्रहरी निरीक्षक (इन्सपेक्टर) को पोशाक लगाएर ठगी गर्दै हिँड्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् ।
बुधबार रायलाई नेपाल प्रहरीको इन्सपेक्टरको बर्दीमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले रातोपाटीलाई जानकारी दिइन् ।
९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै यादवले ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देवपार्टी प्यालेसमा परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिहरुबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको एसपी पन्तले बताइन् ।
पक्राउ पर्नुअघि यादवले देवपार्टी प्यालेसमा प्रहरी सहायक निरीक्षक (असई), राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । रातोपाटीलाई प्राप्त भिडियोमा रायले २१ जनालाई परीक्षा लिँदै थिए । परीक्षा लिँदै गर्दा रायलाई प्रहरीले पक्रेको हो ।
रायको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र थान–२, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र थान–२१, तिनको प्रश्न पत्र थान–२६, खरिदारको प्रवेश पत्र थान–१ बरामद भएको एसपी पन्तले जानकारी दिइन् ।
रायसँगै प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ का ५७ वर्षीय हिरालाल महतो, बर्ष २८ को वसन्त चौधरी, पर्सा वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका–५ का ४७ वर्षीय शिवनारायण चौरसिया र वीीरगन्ज–२७ रानीघाटका २५ वर्षीय रामजी चौरसिया समेतलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरुको भूमिका के छ भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ३३ प्रतिशत महिला र युवाको प्रतिनिधित्व सुनिश्चित
-
लुम्बिनी प्रदेश सभामा बजेटमाथि समूहगत छलफल, चार मन्त्रालयको शीर्षकमाथि बहस सकियो
-
सरकारको १०० दिन ‘अवसर गुमेको दिन’ : नेविसंघ
-
‘फिफाले जुलाईमा अप्रिल फुल मनायो’
-
रास्वपामा दुई कार्यकालको व्यवस्था : बदमासी गरे को–को हुनेछन् फिर्ता ?
-
श्रम शोषणले डाक्टरहरू विदेशिए, भविष्यमा गम्भीर अभाव हुन्छ : सांसद ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण