शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दै फिल्म ‘तलाश’

बिहीबार, १५ असोज २०७७, १२ : ०६
बिहीबार, १५ असोज २०७७

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा फिल्म ‘तलाश’ बन्ने भएको छ । हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मले समसामयिक विषय कथा बनाएको निर्देशक लिङ्देनले बताए । लेखक समेत रहेको लिङ्देनले फिल्ममा महिला हिंसा समेत समेटिएको जानकारी दिए । 

फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिङ्मा शेर्पाको अभिनय रहनेछ ।

दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने फिल्ममा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप