बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बझाङमा २५ किलो चरेससहित दुईजना पक्राउ

बिहीबार, १५ असोज २०७७, १२ : ०१
बिहीबार, १५ असोज २०७७

काठमाडौँ । बझाङ प्रहरीले २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र २८ वर्षीय धनबहादुर धामी रहेका छन् ।

बझाङको बित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट बित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको खड्काले बताए ।

चरेससहित पक्राउ परेका दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप