शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बिहीबार, १५ असोज २०७७, ११ : १९
बिहीबार, १५ असोज २०७७

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद‍‍्को बैठक बसिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र विस्तारबारे छलफल हुने बुझिएको छ । केही मन्त्रालय टुक्र्याएर थप मन्त्रालय बनाउने तथा मन्त्रीहरुको हेरफेर गर्नेबारे नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ । 

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्राउने र मन्त्रीमण्डल हेरफेर गर्नेबारे छलफल हुँदै आएको छ । 

कात्तिक २२ गते कार्यकाल सकिन लागेका मुख्यसचिव लोकदर्शन रेग्मीले आजै राजीनामा बुझाएका छन् । सरकारले आज नयाँ मुख्यसचिव नियुक्त गर्ने सम्भावना पनि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप