बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अत्यधिक तौल बढ्यो ? यी ७ खानेकुराबाट टाढै रहनुहोस्

बिहीबार, १५ असोज २०७७, ११ : ११
बिहीबार, १५ असोज २०७७

एजेन्सी – तौल घटाउनका लागि व्यायामका साथसाथै खानामा पनि ध्यान दिन आवश्यक छ । तपाईं के खानुहुन्छ , कति खानुहुन्छ भन्ने कुरा शरीरमा आउने परिवर्तनले देखाउँछ । 

तपाईंको जीवनशैली र खानाको मात्राले तपाईंको स्वास्थ्यमा निकै ठूलो परिवर्तन ल्याउँछ । तपाईं शरीरलाई सही तौलमा राख्न चाहानुहन्छ भने वर्कआउटसँगै खानामा पनि विशेष ध्यान दिन आवश्यक छ । 

त्यसैले, शरीरमा अनावश्यक मासु र बोसो लाग्न नदिन यस्ता ७ खानेकुरा कहिल्यै नखानुहोस् । 

१. ह्वाइट ब्रेड
प्रायः हरेक घरमा बिहानमा ह्वाइट ब्रेड खाने गरिन्छ । तर, कमैलाई मात्र थाहा होला ह्वाइट ब्रेडले तौल बढाउँछ । यस्तो ब्रेडमा क्यालोरी र चिनीको मात्रा धेरै हुन्छ । जसले तौल बढाउँछ । एक अनुसन्धानका अनुसार २ वटा सेतो पाउरोटी खाँदा ४० प्रतिशत मोटोपनको खतरा बढ्छ । पाउरोटी खानमा रुची छ भने ब्राउन ब्रेड वा आँटाको रोटी खान सकिन्छ । 

२. चिप्स वा फ्रेन्च फ्राइज
आलुलाई तरकारीको राजा मानिन्छ । यसलाई जुनकुनै तरकारीमा पनि हालेर खान सकिन्छ । साथै, आलुबाट बनेका विभिन्न परिकार निकै स्वादिष्ट पनि हुन्छ । जस्तो कि आलु चिप्स वा फ्रेन्च फ्राइज स्वास्थ्यका लागि निकै बेफाइदाजनक हुन्छ । तारेको आलु खाँदा तौल बढ्छ । ज्यादा आलु चिप्स वा फ्रेन्च फाइज खाँदा क्यान्सर समेत लाग्ने सम्भावना हुन्छ । 

३. चकलेट
अत्यधिक तौल बढेको छ भने चकलेट, क्यान्डी वा टफी खाने बानी छोड्नुपर्छ । यसमा चिनी र क्यालोरीजको मात्रा अत्यधिक बढी हुने भएकाले शरीरको तौल तीव्र गतिमा बढ्छ । एउटा साधारण क्यान्डीमा लगभग २०० देखि ३०० सम्म क्यालोजी हुन्छ । धेरै चकलेट खाँदा शरीरमा चिनीको मात्रा बढ्ने, उच्च रक्तचाप जस्ता समस्या हुनसक्छ । 

४. पेयपदार्थ 
गर्मीमा प्रायः चिसो पेयपदार्थ पिउने गरिन्छ । कोल्ड ड्रिंक्स र सोडा सबैभन्दा अस्वस्थकर पेय पदार्थ हो । यसले भोक धेरै लगाउने र तौल बढाउने काम गर्छ । 

५. प्याकेटमा भएको फ्रुट जुस
बजारमा पाइने प्याकिङ गरिएका विभिन्न प्रकारका फलफूलका जुस शरीरमा चिनीको मात्रा बढाउने पदार्थ मानिन्छ । यस्ता जुसहरु रिफाइन्ड तरिकाबाट बनाइन्छ । त्यसैले यसमा प्रिजर्भेटिभ्स पनि मिसाइन्छ । जसले शरीरमा कुनै पनि फाइदा गर्दैन । 

६. केक, कुकीज र पेस्ट्री
तौल कम गराउनु छ भने केक, कुकीज र पेस्ट्री जस्ता खानेकुरा खान बन्द गर्नुपर्छ । यसमा चिनीसँगै ट्रान्स फ्याट पनि हुन्छ । जसले हाम्रो स्वास्थ्यमा असर गर्छ । यस्ता खानेकुरा खाँदा अघाएपनि बारम्बार खाने इच्छा जागिरहन्छ । यदि गुलियो खान मन लागे डार्क चकलेट खान सकिन्छ । 

७. आइसक्रिम
बजारमा पाइने आइसक्रिममा धेरै मात्रा क्यालोरी हुन्छ । स्वादिष्ट आइसक्रिम निकै अस्वस्थकर मानिन्छ । आइसक्रिम खान मन भए आफ्नै घरमा बनाएर खान सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप